काठमाडौँ। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेसको साधारण सदस्य समेतबाट दिएको राजीनामा स्वीकृत भएको छ।
पार्टी सभापति शेरबहादुर देउवाले आइतबार उनको राजीनामा स्वीकृत गरेका हुन्। पौडेलले आइतबारै राजीनामा दिएका थिए।
राष्ट्रपति कुनै पार्टीमा संलग्न हुन नपाउने संवैधानिक व्यवस्थाअनुसार पौडेलले पद तथा गोपनीयताको शपथ लिनु अघि नै आइतबार कांग्रेसबाट राजीनामा दिएका थिए।
नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ।





















