चितवन । श्रीमानले श्रीमतीलाई जन्मदिनको अवसरमा आईएमई लाइफको २५ लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन् । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्ड चलेको छ । जन्मदिन, विवाह, पास्नी, विवाह उत्सव जस्ता अवसरहरुमा अन्य भौतिक वस्तु भन्दा जीवन बीमा पोलिसी खरिद गरी उपहार दिने प्रचलन बढीरहेको छ ।
यसै बीच चितवनको भरतपुर ४ बाह्रघरे बस्ने कृष्ण पाण्डेले आफ्नो श्रीमती सीता खराल पाण्डेलाई बीमा पोलिसी उपहार दिएका छन् । आईएमई लाइफ इन्स्योरेन्सको एजेन्सी मेनेजर सीता खराल पाण्डे को जन्मदिनको अवसरमा उहाँका श्रीमान कृष्ण पाण्डेले श्रीमती सीता खराल पाण्डेलाई उपहार स्वरुप जीवन बीमा उपहार दिएका हुन् ।
अन्य तडकभडक गरी जन्मदिन मनाउनुभन्दा भविष्यमा हुन सक्ने जोखिम बहन हुने भएकोले उनले आफ्नो श्रीमतीलाई आईएमई लाइफ इन्स्योरेन्सको २५ लाख रुपैयाँको बीमा पोलिसी खरिद गरी उपहार दिएका हुन् ।

जन्मदिनको कार्यक्रममा नारायणगढ एरियाका शाखा प्रमुख किरण सापकोटाले बीमाको महत्व र आवश्यकताको जानकारी गराउदै आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लि.को बारेमा छर्लङ्ग गराउदै आफ्नो श्रीमतीको जन्मदिनमा उपहार स्वरुप बीमा पोलिसी दिएकोमा पाण्डे परिवारलाई बधाई सँगसँगै धन्यवाद दिए ।





















