चितवन / मरहट्टा सेवा प्रतिष्ठान चितवनका क्रियाशिल सदस्य कृष्ण मरहट्टालाई आज सोमबार मातृशोक परेको छ ।
सदस्य चुणामणि मरहट्टाको श्रीमती कृष्ण मरहट्टा को आमा मायाँ देवी मरहट्टाको आज निधन भएको हो ।
उनको ६५ बर्षको उमेरमा आज बिहान ५ बजे भरतपुर वडा न. ९ शरदपुरमा मृत्यु भएको हो । केही समय देखि मरहट्टा अस्वस्थ थिइन् । स्व. मरहट्टाका तीन छोरा र एउटी छोरी छन् ।
स्व. मरहट्टाको आज नै देवघाटमा दाहासंस्कार गरिएको छ ।





















