काठमाडौं / सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा रमेशकुमार सिलवाल नियुक्त गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई चार वर्षका लागि सदस्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
खेलकुद विकास ऐन २०७७ अनुसार बैठकले निवर्तमान सदस्य सचिव सिलवाललाई नै नियुक्त गरेको हो ।सदस्य सचिवका लागि २७ जनाले दरखास्त दिएकोमा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।
सिलवालसँगै भलिबल टिमकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेकपाका केन्द्रीय सदस्य समेत रहेका लिलबहादुर थापालाई सदस्य सचिवका लागि सिफारिस गरिएको थियो ।





















