काठमाडौं। सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले जनयुद्ध र जनआन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ।
बैठकपछि नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएका छन्।
यससम्बन्धी विस्तृत विवरण भने मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्न आयोजना हुने नियमित पत्रकार सम्मेलन सार्वजनिक गरिने छ।
नेपालमा २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध र २०६२–६३ सालको जनआन्दोलनमा शाहदात प्राप्त गरेका सहिदहरूको विवरणलाई सरकारले राजपत्रमा प्रकाशित गर्न लागेको हो ।





















