चितबन / चितवन जिल्ला प्रहरी कार्यालय दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष ७६/७७ मा चितबन जिल्ला भित्र १ सय ८५ जनाले आत्महत्या गरेका तथ्याङ्क दिईएकाे छ ।
आत्महत्या गर्नेमध्ये पुरुष १ सय ११, महिला ५९ बालक ८ र बालिका ७ रहेका छन् ।आत्महत्याको तथ्यांक हेर्दा भरतपुर महानगरपालीकामा आत्महत्या गर्नेको संख्या सबै भन्दा धेरै भेटिए। प्रहरीका अनुसार भरतपुर महानगरपालिकामा ९४ जना, राप्ती नगरपालिकामा २६ जना, रत्ननगर नगरपालिकामा २४ जना, कालिका नगरपालिकामा १५ जना ,खैरहनी नगरपालिकामा १४ जना र माडी नगरपालिकामा १० जना सहित इच्छाकामनामा गाउपालिकामा २ जनाले आत्महत्या गरेका तथ्यांक रहेकाे छन् ।
जिल्ला प्रहरीका अनुसार झुण्डिएर सबैभन्दा धेरै व्यक्तिले आत्महत्या गरेका पाईन्छ । झुण्डिएर १ सय ४५ जनाले , विष खाएर ३६ जनाले ,हाम फालेर ३ जनाले , हातहतियारबाट १ जनाले आत्महत्या गरेकाे छ। प्रहरीका अनुसार ४५ वर्षदेखि ६० वर्ष उमेर समूहका धेरै व्यक्तिले आत्महत्या गरेका पाईन्छन्। १८ वर्ष मुनिका १५ जना , १८ देखि २५ वर्षका ३३ जना ,२५ देखि ३५ वर्षका ३४ जना , ३५ देखि ४५ वर्षका ३४ जना, ४५ देखि ६० वर्षका ३९ जना र ६० वर्ष माथिका ३७ जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार शैक्षिक योग्यताका आधारमा सबैभन्दा धेरै सामान्य लेखपढ गर्न सक्ने मानिसले आत्महत्या बढि गने गरेका छन् ।
तथ्याङ्क आधारमा सामान्य लेखपढ गर्न जान्ने १०१ जना, लेखपढ गर्न नसक्ने ४३ जना ,एसईई देखि उच्चमाध्यमिक ११/१२ मा अध्ययन ३४ जना र यो भन्दा माथीका ७ जनाले आत्महत्या गरेका छन् ।साे जिल्ला प्रहरीका अनुसार घरायसी समस्याका कारण ७७ जनाले, प्रेम सम्बन्धका कारण ९ जनाले, मानसिक विचलनका कारण २१ जनाले, अत्याधिक मादक पदार्थ सेवनका कारण १२ जनाले , कारण नखुलेकोमा ६६ जनाले आत्महत्या गरे रहे ।
प्रहरीका अनुसार १०२ जना कृषक, ११ जना गृहिणी, ४ जना बेरोजगार, २८ जना मजदुर , २९ जना विद्यार्थी , १२ जना व्यापारी, ३ जना कर्मचारी र ४ जना अन्यले आत्महत्या गरेकाे हाे।चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायव उपरीक्षक सुर्य थापाले आत्महत्याको मुख्य कारण मानसिक तनाव भएको बताउनुभएको छ ।
प्रहरीले बढ्दो आत्महत्याको दर रोक्न विभिन्न वैकल्पिक उपाय र विभिन्न विभाग एवम् विभिन्न सङ्घ संस्थासँग समन्वय गरी आत्महत्या रोकथाम तथा न्यूनीकरणका काम गरिरहेको छ , आउदा दिनमा कम हुने समेत थापाले जानकारी दिनुभयाे।





















