रत्ननगर : क्षेत्रीय होटल संघ चितवन सौराहाको १८औं साधारण सभा तथा नवौँ अधिवेशन सुरु भएको छ । चितवनका पर्यटन व्यवसायीहरुको संस्था क्षेत्रीय होटल संघको अधिवेशन आइतबारबाट सौराहामा सुरु भएको हो । होटल संघ नेपालका केन्द्रीय उपाध्यक्ष विनय शाहले साधारण सभा तथा अधिवेशनको उद्घाटन गरेका हुन् ।
अधिवेशनले अध्यक्ष सहित वरिष्ठ उपाध्यक्ष, २ जना उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष र १५ जना सदस्य गरी २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिने संघका महासचिव गुणराज थपलियाले जानकारी दिए ।
आइतबार साधारण सभा तथा अधिवेशन उद्घाटन गरी सोमबार बन्दसत्र मार्फत नयाँ कार्यसमिति चयन गर्ने कार्यतालिका रहेको छ । अधिवेशनले आगामी दुई बर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।





















