अब कुनै भेटाउनु छैन मञ्जिल मलाई
ज्यून पनि भएको छ मुस्किल मलाई
दिन्छु भनेर लगेथ्यौँ चम्किलो बनाएर
बनाएर दियौ आँखा टिलपिल मलाई
हुँदा बिछोड तस्बिर त फिर्ता पठायौँ
दिएनौँ सकुशल बनाएर दिल मलाई
तपाई जानुस् कतै दुर महफिल खोज्न
यहि हो बास यहि छ महफिल मलाई
बरु फूलसँग नदाँज जुनसँग नदाँज
मन पर्दैन कुरा गरेको अश्लील मलाई ।
मिरा बराल
भरतपुर १२ चितवन





















