काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दुई दिनको समय मागेका छन् ।
बिहीबार बसेको रास्वपाको केन्द्रीय कमिटीको बैठक अघि प्रधानमन्त्री प्रचण्डले सो पार्टीका सभापति रवि लामिछानेलाई फोन गरेर दुई दिनको समय मागेपछि सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने निर्णय भएको हो ।





















