चितवन – इन्नर व्हील क्लब अफ नारायणीको आयोजनामा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर परीक्षण स्वास्थ्य शिविर कार्यक्रम चितवनको भरतपुर ११ को कमलामन्दिर टोलमा पर्ने श्री नव जागृति आधारभुत बिद्यालयमा सम्पन्न भएको थियो ।
क्लबकी अध्यक्ष शान्ता पोख्रेलको अध्यक्षतामा सम्पन्न स्वास्थ्य शिविर कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष राजु परियार प्रमुख अतिथि रहनु भएको भएको थियो । त्यस्तै विशिष्ठ अतिथिमा भरतपुर वडा न ११ जन प्रतिनिधि सीता रनपाल , कमलादेवी मन्दिर टोल बिकास संस्थाका अध्यक्ष नबिन बाबु मरहट्टा रहनुभएको थियो ।
त्यस्तै अतिथिमा नव जागृती आधारभुत बिद्यालयको प्रधानाध्यापक कृष्ण प्रसाद पराजुली , दिपेन्द्र टोल विकास संस्थाका अध्यक्ष मनोज भुजेल , बिद्यालय ब्यबस्थापन समितीका सल्लाहकार सदस्य हरि प्रसाद भट्ट ,विपी कोईराला मेमोरियल क्यान्सर हस्पिटलको बरिस्ठ नर्सिङ सुपर्भाइजर अयोध्या पाठक लगायतको उपस्थिति रहेको थियो ।

आज ( वीहीबार) भएको स्वास्थ्य परीक्षण कार्यक्रममा झण्डै ६० जनाको उपस्थितिमा संचालित उक्त शिविरमा ४६ जनाको पाठेघरको मुखको क्यान्सर परिक्षण र ४६ जनाको स्तन क्यान्सर परिक्षण गरी जम्मा ४६ जनाको स्वास्थ्य परीक्षण भएको थियो ।
पाठेघरको मुखको समस्या १० जनालाई औसधि सहित उपचार भएको थियो ।
पाठेघर तर्फ उच्च जोखिममा रहेका ५ जना र स्तन क्यान्सरतर्फ शंकास्पद देखिएका ३ जना पाठेघरतर्फ ५ जना र स्तन क्यान्सरतर्फ ३ जनालाई उपचार तथा थप परीक्षणका लागि वी पी कोइराला मेमोरियल क्यान्सर अस्पताल बोलाइएको थियो ।
त्यस्तै बी पी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवन , बरिष्ठ नर्सिङ सुपर्भाइजर अयोध्या पाठक , बरिष्ठ नर्स , मन्जु शर्मा , बरिष्ठ नर्स तारा दवाडी ,बरिष्ठ सहायक तारा रानाभाट, सहयोगी कल्पना न्यौपाने प्राबिधिक सहयोग उपलब्ध गर्नुभएको थियो ।
कार्यक्रमको संयोजक तथा स्पोन्सर क्लब कि सदस्य बिष्णु माया अधिकारीले आफ्नो जन्मोत्सवको अवसर पारी उक्त कार्यक्रमको आयोजना गर्नु भएको थियो । स्वास्थ्य शिविर कार्यक्रम सन्चालन क्लब कि सचिब संगीता अर्याल ले गर्नु भएको थियो।
स्वास्थ्य शिविर संचालनका लागि सहयोग पुर्याउनु हुने वी. पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राबिधिक टोलि ,नव जागृति आधारभुत बिद्यालय नौरङ्गेका प्र अ , शिक्षक तथा शिक्षीका तथा कर्मचारी कार्यालय सहयोगी , कमलादेवी मन्दिर टोल बिकास सस्था अध्यक्ष लगायत सम्पुर्ण प्रत्यक्ष तथा अप्रत्क्ष रुपमा सहयोग पुर्याउनु हुने सबैमा हार्दिक आभार व्यक्त गर्दै समस्या देखिएका सम्पूर्ण दिदीबहिनीको शीघ्र स्वास्थ्य लाभको कामना कार्यक्रमको संयोजक तथा स्पोन्सर क्लबकी सदस्य बिष्णु माया अधिकारीले गर्नुभएको थियो ।






















