चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुन उम्मेदवार भए चितवन–२ बाट हराएर पठाउने चितवन कांग्रेस सभापति राजेश्वर खनालले दाबी गरेका छन ।
नेपाली कांग्रेसका सभापति राजेश्वर खनालले चितवन–२ मा हुने उपनिर्वाचनमा रवि उम्मेदवार भए कांग्रेसका लागि सहज हुने बताए ।
‘३२ दिनमा गृहमन्त्री हुँदा उनले के गरे ? उनले भने । चितवनका मतदाताले बुझिसकें,’ खनालले भने । रबिका नागरिकता र दोहोरो पासपोर्टको मुद्धा मतदाताले बुझिसकेको उनले बताए ।
नयाँ दल र रविको तरंगले मतदाता भ्रममा परे पनि उपनिर्वाचनमा उक्त भ्रम तोडिने खनालले दाबी गरेका छन। कांग्रेस निकट चितवन–काठमाडौं सम्पर्क समितिले गरेको पत्रकारसँगको भेटघाटमा खनालले,‘गठबन्धन गरे जितिहालिन्छ नि भन्ने कांग्रेसलाई भयो । कार्यकर्तामा हाम्रोनि पनि हुन सकेन ।’
सभापति खनालले शेरबहादुर देउवालाई भेटेर चितवन-२ को उप निर्वाचनका बारेमा दुई दिन अघि छलफल गरेको पनि बताएका थिय । आफू उम्मेदवारको आकांक्षी रहेपनि जिल्ला सभापति भएको हुँदा अघि सरेर दाबी गर्न नमिल्ने पनि उलेख गरे । पाटिले जुनसुकै व्यक्तिलाई टिकट दिएपनि पार्टीका आन्तरिक संरचनामा प्रतिस्पर्धा गरेकालाई उम्मेदवार बनाउन सभापतिलाई सुझाव दिएको उनले बताए ।
गत निर्वाचनमा चितवन–२ बाट केन्द्रीय सदस्य उमेश श्रेष्ठ कांग्रेसबाट उम्मेदवार बनेका थिए । श्रेष्ठले स्थानीय तहमा हुने पार्टी भित्रको अधिवेशनमा निर्वाचित हुँदै आएका थिएनन् । कांग्रेसबाट उम्मेदवार बनेका श्रेष्ठलाई भौगोलिक अवस्था र कार्यकर्ता चिनाउनु पर्ने समस्या समेत पार्टीलाई उनले सुनाए । ‘बाटो र कार्यकर्ता चिनाउँदा चिनाउँदै मतदाता चिनाउन भ्याइएन,’ खनालले भने ।
गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले कांग्रेसका उम्मेदवार श्रेष्ठलाई फराकिलो मतान्तरले हराएका थिए । लामिछानेले ४९ हजार ३०० मत प्राप्त गर्दा श्रेष्ठले १४ हजार ९८८ र एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।
लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि चितवन–२ मा पुन निर्वाचन हुने भएको छ ।





















