काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेको छ । आयोगले फागुन २५ गते राष्ट्रपतिको र त्यसको एक सातापछि चैत ३ गते उपराष्ट्रपतिको चुनाव गराउने निर्णय गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको कार्यतालिका सहित मिति तय गरिएको जानकारी दिए । संविधानले राष्ट्रपतिको कार्यकाल पाँच वर्ष तोकेको छ ।
०७४ फागुन २९ गते निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल २८ फागुनमा सकिँदैछ । उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ भने ४ चैत २०७४ मा निर्वाचित भएका थिए ।





















