चितवन – चितवनको भरतपुर ११ नौरङ्गेस्थित श्री नव जागृति आधारभूत विद्यालयले विद्याकी देवी सरस्वतीको पूजा गरेर श्रीपञ्चमी पर्व भव्यताका साथ मनायो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु परियारको अध्यक्षतामा भएको पूजा कार्यक्रममा कमलादेवी मन्दिर टोल विकास संस्थाको अध्यक्ष तथा विद्यालयका सल्लाहकार नबिन बाबु मरहट्टा , सल्लाहकार हरि भट्ट , सल्लाहकार जानुका भट्टराई , विद्यार्थीका अभिभावक लगायतका स्थानिय अभिभावकहरुको भव्य उपस्थित रहेका थियो ।

पूजा कार्यक्रममा ऊ गणपति फर्निचरका प्रोपाईटर दिपक श्रेष्ठले सम्पूर्ण विद्यार्थिहरुलाई प्रसाद दिएर सहयोग गर्नुभएको थियो भने विद्यालयका सल्लाहकार मनका धनि समाजसेवी जानुका भट्टराईले खाजा उपलब्ध गराईदिएर सहयोग गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु परियारले सहयोगी सम्पूर्णलाई आभार सहित मन्तव्य मार्फत धन्यवाद प्रकट गर्नुभएको थियो ।
पूजा कार्यक्रमको संचालन प्र्रधानाध्यापक कृष्णप्रसाद पराजुली ले गर्नुभएको थियो ।
श्रीपञ्चमी पर्वमा विद्यालयमा धमाधम नयाँ भर्ना भईरहेका छन् । अब दिनमा यस विद्यालयमा नयाँ प्रविधिबाट कक्षा सुचारु हुने प्र्रधानाध्यापक पराजुली जानकारी दिनुभएको थियो ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विद्यालय लगायत देशभर निष्ठापूर्वक पूजाआराधना गरी मनाए । चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरी जस्ता नामले पुकार्छन् ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।
सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको थियो ।





















