चितवन । माडी क्याम्पसको दस जोड दुई (प्लस टु ) को विभाग प्रमुखमा सम्झना शर्मा भण्डारी नियुक्त भएकी छिन् ।
आज (सोमबार) सम्पन्न माडी क्याम्पसको संचालक समिति बैठकले सहायक प्राध्यापक भण्डारीलाई प्लस टु तहको विभागीय प्रमुखमा नियुक्त गरेको हो । माडी ६ स्थित कल्याणपुरमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा समेत शिक्षण गर्दै आएकी भण्डारी नेपाली विषय पढाउँछिन् ।
उनले प्राथमिक तहको अध्ययन नेशनल आवासीय बोर्डिङ्ग स्कुल पर्सा र स्नातकोत्तर तहको अध्ययन सहिद स्मृति बहुमुखी क्याम्पस टाँडीबाट गरेकी हुन् । उनले माडी क्याम्पसमा बि।स। २०७६ सालदेखि अध्यापन गराउँदै आएकी छिन् ।
माडी क्याम्पसको प्लस टु विभाग प्रमुखमा सम्झना शर्मा भण्डारी नियुक्त
माडी क्याम्पसको प्लस टु विभाग प्रमुखमा सम्झना शर्मा भण्डारी नियुक्त
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















