काठमाडौं / सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले पार्टी विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संवाद क्लब नेपालद्वारा आज आयोजित साक्षात्कारमा नेकपाका स्थायी समिति सदस्य समेत रहेका पौडेलले पार्टीभित्र पर्याप्त मात्रामा वैचारिक बहस भए पनि पार्टी विभाजन नहुने दाबी गरे । नेता पौडेलले नेकपा पार्टी कुनै हालतमा नफुट्ने दाबी गर्दै आजको आवश्यकता पार्टीलाई जनताले दिएको विश्वास गुमाउन दिन नहुने बताए।
युवा पुस्ताले पार्टीलाई अझ बलियो बनाउन लागि परेको उनको भनाइ छ । उनले भने, “म लगायत धेरै नेता कार्यकर्ता यो पार्टी एक ढिक्का बनाउन लागेका छौँ । दुई अध्यक्ष केपी र प्रचण्ड पनि पार्टीलाई मजबुद बनाउन छलफलमा निरन्तर लागि परेका छन् ।”





















