चितवन – वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको गेटमा व्यवसायीहरुले बिरामी र बिरामीका आफन्तलाई तानातान गरेको विषयमा वडा कार्यालयले सचेत गराएको छ ।
भरतपुर महानगरपालिका वडा नं. ७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेले आज अटेर गर्नेलाई कारवाही गर्ने चेतावनी दिनुभएको हो ।

वडा नं. ७ ले एक सूचना जारी गर्दै विकृती निम्त्याउने जो कोहीलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएको छ । सूचनामा भनिएको छ “व्यवसाय सञ्चालन गर्ने नाममा बिरामी र तिनका आफन्तलाई गेटमा बसी तातानान गर्ने नराम्रो प्रवृत्तीलाई पूर्ण रुपमा न्यूनिकरण गरी स्वच्छ सफा र नमुना वडा बनाउनका लागि आग्रह गरिन्छ ।”
कार्यालयले अस्पताल गेट बाहिरको सडकमा जथाभावी पार्किङ नगर्न पनि अनुरोध गरेको छ । कृष्णपुर बसपार्कमा नै सवारी साधन पार्किङ गर्न अनुरोध गरिएको छ । अटेर गर्ने सवारीलाई पनि कारवाही गरिने जारी सूचनामा उल्लेख छ ।






















