चितवन – उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले चितवनका जनतासंग घुस, चाकडी र उपहार विना जनताको काम गर्ने बताएका छन् ।
भरतपुर १३ मा रहेको हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने – ‘मेरो जिवन शैलिको कुरा गर्नु हुन्छ भने म पाँच चिज खादिँन । माछा, मासु, अण्डा खान्न् ।
रक्सी खान्न्, कोल्ड डिक्स खान्न् । कहिले काहीँ ग्रिन टि खाएपनि चिया कफि खान्न् । चुरोट, खैनी , सुपारी, पान खान्न् । यो पाँच वटा क्याटोगोरीको चिज खान्न् । तपाईँको अघि आउँदा फेरी म थप तिन वटा चिज खान्न् भन्ने जानकारी गराउँछु। एउटा खुस खान्न्, आर्को चाकडी खान्न् , तीन उपहार खान्न् ।’
माहान शहिद, व्यपत्ता योद्धा हरुको ठुलो त्याग, बलिदान र समपर्णका कारण नेपालमा ठुलो परिवर्तन आएको छ । श्रेष्ठले भले भने– त्यसैले हामीले खराब चिजलाई अन्त्य गर्नु पर्छ । आफैँ खाउँ ,आफ्नैलाई केही गरौँ भन्ने दिशा तिर जाने हो भने दिन प्रतिदिन परिवर्तनका शहिद र व्यवत्ता योद्धालाई ठुलो अन्याय गरेको ठहरीन्छ ।
हामीले त्यसो गर्न मिल्दैन । यो राजनितिक परिवर्तनलाई सामाजिक आर्थिक रुपान्तरणको निम्ती निस्वर्थ ढंगबाट प्रयोग गर्ने दिशा तर्फ जानु पर्छ ।
उनले जनताबाट निर्वाचित भएर पाएको पद विलासिताको निम्ती, शान देखाउन र पैसा कमाउनको लागि नभई जनताको सेवाको लागि भएको बताएका थिए । भ्रस्ट्रचार र व्यक्ति स्वार्थ बाट आफुलाई मुक्त राखे मात्र शहिद र वेपत्ताको सपना पुरा हुने उनले बताए ।
उपलब्धिलाई रक्षा र सृद्धिण गर्दै सामाजिक आर्थिक रुपान्तरण गर्न र देशलाई सर्मद्ध बनाई त्यो प्रतिफल जनतालाई दिन सरकार गुणात्मक रुपमालाग्ने बताएका श्रेष्ठले सबै पुर्वधार मध्येको मुख्य पुर्वधार शिक्षा भएको बताएका थिए । उनले शिक्षाको क्षेत्रको विकास विना अरु विकास ठिक दिशा तिर लैजान नसक्ने र दिर्घ जिवि बनाउन नसक्ने बताए । राज्यले पहिलो लगानीमा शिक्षामा गर्नु पर्छ ।
शिक्षामा गुणात्मक परिवर्तन गर्नुपर्छ भन्नेमा यो सरकार प्रतिवद्ध छ उनले भने । श्रेष्ठका अनुसार यो सरकार सामुदायिक विद्यालय र आंगिक क्याम्पसहरुको शिक्षालाई गुणस्तरीय बनाउँन चाहान्छ ।





















