चितवन – भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र कुमार रानाले आफ्नो कार्यभार सम्हालेका छन् ।
हालै सरुवा भई भरतपुर आएका उनले जिम्मेवारी लिएको महानगर उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए । उनी लुम्बिनी प्रदेश सरकारको प्रवक्ता थिए । रानालाई भरतपुर महानगरकी मेयर रेनु दाहालले स्वागत गरेकी थिईन् ।
निवर्तमान प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटा सरुवा भएर प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय गएका छन् ।उनको अधिकांश समय विदा बसेरै गएको थियो ।
झण्डै एक महिना अवधि मात्रै सापकोटाले काम गरेको महानगरका कर्मचारीहरुले बताएका छन् ।






















