गोरखा – गोरखाको शिक्षा क्षेत्रको उन्नयनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका ब्यक्तित्व शम्भुबाबु मरहट्टाको २७ औँ स्मृति दिवस बुधवार मनाइएको छ । दिवसको अवसरमा गोरखाको भीमसेन थापा गाउँपालिका ५ को शान्ति माविमा कार्यक्रम गरिएको हो ।
शम्भु स्मृती प्रतिष्ठानका अध्यक्ष केशब मरहट्टाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति वडा अध्यक्ष होमबहादुर बरामको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ध्रुबकुमार भट्ट, प्रतिष्ठानका सदस्य बिष्णुप्रसाद श्रेष्ठ स्वर्गिय शम्भुबाबु मरहट्टाको बारेमा प्रतिष्ठानका सचिव रामबाबु श्रेष्ठ, शान्ति मावि बगुवाका प्रधानाध्यापक सुनिल खनालले मन्तब्य राखेका थिए ।
स्मृती दिवसको अवसरमा ५० हजार रुपैयाँ बरावरको बिज्ञान सामग्री शान्ति मावि बगुवा लाई प्रदान गरिएको छ । त्यहाँका विद्यार्थीलाई छात्रवृत्ती पनि बितरण गरिएको प्रतिष्ठानका सचिव रामबाबु श्रेष्ठले बताए । शान्ति माविका ३ जना, बिन्द्रवती माविका एक जना, शिवज्योति माविका एक जना, चामुण्डा आधारभुत विद्यालयका एक जनालाई जनहरी तीन हजार रुपैयाँ छात्रवृत्ती बितरण गरिएको हो ।
उक्त कार्यक्रममा स्वर्गिय शम्भु बाबु मरहट्टका पत्नी तुलसा मरहट्टा, छोरा डाक्टर सुजन मरहट्टा लगायतको उपस्थिती रहेको थियो ।





















