काठमाडौं। जिल्ला प्याब्सन कार्यसमिति काठमाडौंका सह-कोषाध्यक्ष तथा तार्केश्वर(नेपालटार) मा अवस्थित नेशनल मोडेल स्कुलका प्रिन्सिपल डि.एन अधिकारीकी श्रीमती रमा मरहट्टा अधिकारीको सडक दुर्घटनामा परि मृत्यु भएको छ।
मंगलबार दिउसो १ बजे माछापोखरीबाट गोंगबु तर्फ स्कुटरमा जाने क्रममा सोही दिसा तर्फ गैरहेको मालवाहक ट्रकले बसपार्क बिजी मल अगाडी ठक्कर दिई घाईते बनाएको र उपचारका लागि त्रिवि शिक्षण अस्पताल लैजादै गर्दा बाटोमा रमाको मृत्यु भएको हो।
स्कुटर चालकलाई ना. ६ प. ७५०६ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको र ट्रकको पछाडीको चक्काले घाईते बनाएको प्रहरी प्रभाग गोंगबुका प्रहरी सहायक निरिक्षक सञ्जय तामाङले बताए।
मालवहाक ट्रकका ३३ वर्षिय चालक राम बहादुर तामाङलाई अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको छ घटनाको थप अनुसन्धान हुँदैछ सहायक निरिक्षक तामाङले भने । अहिले मृतकको शब शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।





















