एजेन्सी / शरीर मोटो र बल लगाएर काम गर्ने मानिसमा कोरोना भाइरसको उच्च जोखिम हुने बेलायती स्वास्थ्य विशेषज्ञले बताएका छन्। साथै त्यस्ता मानिसको चाडै मृत्यु पनि हुन सक्ने जनाएका छन्। बेलायती स्वास्थ्य विभागकाअनुसार शरीर मोटो भएको मानिसलाई अस्पताल भर्ना गर्दा स्वास्थ्य हेरविचारको बढी जरुरी हुन्छ।
विज्ञका अनुसार बढी तौल हुनुका साथै कोरोना संक्रमणको पनि बढी खतरा हुने देखिएको छ। बेलायती जनस्वास्थ्य विभागका प्रमुख डाक्टर एलिसन टेडस्टोनका अनुसार बढी तौल भएकाको स्वास्थ्यमा गम्भीर असर पर्ने र मृत्यु हुने धेरै सम्भावना हुन्छ। उनले भने,’ शरीरको तौल कम गर्दा धेरै फाइदा हुन्छ। कोभिड–१९ बाट बच्न सक्ने पनि धेरै सम्भावना छ।
बेलायत सरकारले नागरिकको स्वास्थ्यमा ख्याल गर्ने घोषण अगावै मोटोपनले धेरै असर गर्ने बेलायती जनस्वास्थ्य कार्यालयले जनाएको छ। युरोपियन मुलुकभन्दा बढी बेलायतमा बढी तौल भएका मानिस छन्। दुई तिहाई वयस्क उमेरका मानिसहरुमा बढी तौल छ। वेल्स, स्कटल्याण्ड र नर्दन आरयल्याण्डमा छन्।
बेलायती जनस्वास्थ्य विभागले मोटोपन कम गर्नलाई सूचना जारी गरेको छ। जसले गर्दा कोभिड–१९ बाट बच्न सकिन्छ। अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर सुसन जेबका अनुसार अहिलेसम्मको अध्ययनले पुरुष, दक्षिण एसियाका मानिस र आदिवासी समुदायका मानिस बढी कोरोनाको जोखिममा थिए। सुसन भन्छन,’ नयाँ अनुसन्धानले के पत्ता लगाएको छ भने यस्ता मानिसहरुको साथै अब मोटोपन पनि कोरोनाको लागि विशेष रहेको छ।
धेरै मानिसले आफ्नो जीवनशैली परिवर्तन गरेर मोटोपन कम गर्नतिर ध्यान दिनलाई उनले सुझाव दिएका छन्।





















