गोरखा । गोरखाको शहिदलखन गाउँपालिका ६ घैरुङ पिपलछापमा आजदेखी ‘नबौ शहिद लखन हिमालय देबि कप – २०७९’ प्रतियोगीता सुरुहुने भएको छ ।
पौष २६ देखि १ गतेसम्म प्रतियोगीता हुने क्लवका अध्यक्ष निर्मल गुरुङले जानकारी दिनुभयो । प्रतियागितामा प्रथमलाई एक लाख २१ हजार पुरस्कार ट्रफि, मेडल र प्रमाण पत्र द्धितिय हुनेलाई नगद रु ६० हजार मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
उत्कृष्ट खेलाडी, गोल रक्षक गोलकर्ताकालागि पनि आकर्षक पुरस्कार रहेको अध्यक्ष गुरुङले बताउनुभयो । खेलमा सहभागी हुन चाहने टिमले पौष २५ गते बेलुकी ८ बजेसम्म टिम दर्ता गराउन सक्ने क्लबले जनाएको छ । प्रतियोगीतामा ९जना खेलाडी, ३ जन एक्स्ट्रा ,१ जना कोच सहित जम्मा १३ जना सहभागी हुने क्लबले जनाएको छ । आयोजकका अनुसार दर्ता शुल्क दुई हजार धरौटी सहित १२ हजार कायम गरिएको छ ।
मेलामा नबौ शहिद लखन हिमालय देबि कप, गोरु जुधाइ, दौड प्रतियोगिता, हस्तकला प्रतियोगिता (डोको,खुर्पेटो तथा चकटी बुनाइ), कृषि तथा पशु प्रदर्शनी र विविध सास्कृतिक कार्यक्रमहरुमुख्य आकर्षण रहने क्लबले जनाएको छ ।
त्यसैगरी हरेक वर्ष जस्तै यो वर्ष पनि माघेसङ्क्रान्ति मेलाको अवसरमा माघ १ गते १५ हल गोरु जुधाइने गोरु जुधाइ कार्यक्रम संयोजक केशर गुरुङले जानकारी दिए । प्रतिस्पर्धामा विजेता हुने गोरुधनी किसानलाई १० हजार र पराजित हुने गोरुधनी किसानलाई ५ हजार नगद दिइने गुरुङले बताए ।





















