काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका हुन् ।
नेपालको संविधानको धारा ७६, ९२० अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए ।
प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमाले सहित सात दल र तीन स्वतन्त्र सहित १६९ सांसद्ले समर्थन गरेका थिए । विश्वासको मत लिन १३८ सांसद्को समर्थन चाहिन्छ ।





















