चितवनमा अवैधरुपमा सञ्चालनमा रहेका १३ क्रसर उद्योग बन्द
सान्दार अनलाईन
आइतबार, पुष २४, २०७९
प्रकाशित
Advertisement
चितवन – चितवनमा अवैधरुपमा सञ्चालनमा रहेका १३ क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विना सन्चालनमा आएका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो । चितवनमा १९ मध्ये १३ वटा यस्ता उद्योग बन्द गराइएका हुन् भने बाँकी ६ वटा पहिलेदेखि नै बन्द अवस्थमा थिए ।
मन्त्रालयको परिपत्र प्राप्त गरेपछि गत पुस २१ गते जिल्लाका १३ क्रसर उद्योग बन्द गरिएको प्रमुख जिल्ला अधिकारी आशमान तामाङ्गले बताए । ढुङ्गा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरित कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएका छन् ।
यस्तै तोकिएको अवधि सकिएर पनि नविकरण नगराएका कपितय उद्योग पनि सञ्चालनमा छन् । त्यस्ता उद्योगलाई प्रहरीले स्थलगत अनुगमन र निरीक्षणपछि बन्द गराएको उनले जानकारी दिए ।