सप्तरी । सिरहाको मिर्चैया मा शिक्षकको लापरवाहीले एक विद्यार्थीले ज्यान गुमाएकि छिन् । मिर्चैयास्थित सगरमाथा माध्यमिक विद्यालयकी एक शिक्षिकाले विद्यार्थीलाई पानी सम्झेर स्प्रीट खुवाउँदा मृत्यु भएको छ ।
अहिले उनको सहपाठी र आफन्तहरुले विरोध प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले ती शिक्षिकालाई कारबाहीको मागसहित सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।
शुक्रबार विद्यालयमा पढ्न गएकी सिरहा नगरपालिका–११, भलुवाहीका धर्मेन्द्रकुमार महराकी १५ वर्षीया छोरी सिर्जनाकुमारीलाई सोही विद्यालयकी शिक्षिकाले स्प्रीट खुवाएको परिवारको आरोप छ ।
स्प्रीड खाएकि बालिकालाइ विद्यालयले अस्पताल नलगेर घरमा लगेर छाेडेकाे थियाे । अवस्था नाजुक हुन थालेपछि सिर्जनालाई कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा भर्ना गरियो ।
शनिबार राति ११ बजे उपचारका क्रममा उनको मृत्यु भएको थियो । डा. साहले सिर्जनाको शरीरमा विषजन्य पदार्थ गएको देखिए पनि यथार्थ कुरा पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र थाहा हुने बताए ।





















