प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न निर्देशन दिएका छन्।
उनले पेट्रोलियम पदार्थको मूल्य घटाउन उद्योग वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिएका हुन।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बिहीबार उपप्रधानमन्त्री, मुख्यसचिव, वाणिज्य सचिवसहित बिहिबार भएको छलफलपछि प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल, डिजेल तथा हवाई इन्धनको मूल्यमा कटौती गर्न निर्देशन दिएका हुन।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण त्यस बमोजिम नै मूल्य समायोजना गर्न भनिएको छ।





















