चितवन । लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आर, क्लस्टर ४ को आयोजना, नारायणगढ संगमचोक लायन्स क्लबको संयोजकत्व तथा क्लस्टर अन्तर्गत लायन्स क्लब अफ भरतपुर सप्तरङ्गी सहित २४ वटा लायन्स क्लबहरूको सहभागीतामा माडी नगरपालिका वार्ड नं ४, सिधुवामा भव्य “ वृहत् स्वास्थ्य शिविर “ सम्पन्न भयो ।

सोमबार भएको स्वास्थ्य शिविर कार्यक्रममा वुमन अनरेरी सेल मेम्बर तथा डिस्ट्रिक्ट ३२५ आर, क्लस्टर ४ प्रमुख दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट ३२५ आरका डिस्ट्रिक्ट गभर्नर लायन सिद्धार्थलाल चुकेको प्रमुख आतिथ्यता तथा माडी नगरपालिका उपप्रमुख श्री खेमप्रसाद महतोको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रमलाइ सफल पार्न डिस्ट्रिक्ट फर्स्ट लेडी लायन रचना चुके, डिस्ट्रिक्टका पदाधिकारीहरू आईपिडिजी लायन रामप्रसाद भट्ट, द्वितीय भाइस गभर्नर लायन दिनानाथ न्यौपाने, पिडिजी लायन राजकुमार श्रेष्ठ, क्याविनेट सेक्रेटरी लायन राजेन्द्र गौतम, वुमन अनरेरी सेल मेम्बरहरू, डिस्ट्रिक्ट एक्जेक्युटिभ चिफहरू, को–चिफहरू लगायत १८ जना लायन विशेषज्ञ डाक्टरहरू र सहयोगी स्वास्थ्यकर्मीहरू समेत १२५ जना लायनहरूको उपस्थिति थियो ।उक्त शिवीरबाट त्यस क्षेत्रका १,३५० जनालाइ मुटु, हाडजोर्नी नसा, स्त्री रोग, क्यान्सर, नाक कान घाटी, बालरोग, दात, आँखा सम्वन्धि विशेषज्ञ उपलव्ध गराइएको थियो ।

उक्त शिवीरबाट २३ जना मोतियाविन्दुका विरामीहरू निर्क्यौल गरि १३ जनालाइ शल्यक्रियाको लागी भरतपुर आँखा अस्पताल ल्याइएको छ भने शिविरमै ५० जनालाइ इसिजी सेवा समेत उपलव्ध गराईएको छ ।
यस्तै स्वास्थ्य शिविरमा प्रा. डा. श्यामराज रेग्मी , डा. भक्तमान श्रेष्ठ, डा. अर्जुन श्रेष्ठ, डा. शारदा कुँवर, डा. असरफ हुसेन , डा. गंगा सापकोटा , डा. सुरेश श्रेष्ठ , डा. सन्दीप पाण्डे, डा. रोशन आचार्य, डा. अर्चना सुवेदी, डा. रिना प्रधान, डा. हीरोज शाक्य, डा. ईन्द्रराज गैरे, डा. आविष्कार चापागाइ , डा. कृष्ण पण्डित , डा. सुरजकुमार गुप्ता, डा. सागर थापा, डा. लक्ष्मण पौडेल, डा. देवेन्द्र कँडेल, डा. सिरिसा सापकोटा, आँखा अधिकृत श्री रमेश घिमिरे, श्री अमृत काफ्ले, सिएमसि मुटु विभाग व्यवस्थापक विशेषज्ञ तथा डाक्टरहरूको सेवा उपलव्ध गराइएको थियो ।

यसै गरि स्वास्थ्य शिविरमा नारायणगढ नारायणी , नारायणगढ बालकुमारी, बालकुमारी कलेज , नारायणगढ दियालो , बागीश्वरी , नारायणगढ संगमचोक, भरतपुर चौतारी, नारायणगढ लालिगुराँस , भरतपुर सेन्ट्रल , नारायणगढ संगमचोक संजिवनी , चितवन न्यू भ्वाइसेज , भरतपुर ग्रिन सिटि , भरतपुर ईन्द्रेणी , चितवन रोयल , भरतपुर सप्तरंगी , नारायणी क्रियटिभ , नारायणगढ पुस्पान्जली , वैदिकनगर चिसापानी , चितवन स्माइल क्राफ्टर्स, चितवन साइनिंग लेडिज , चितवन हेल्पिंग ह्याण्ड्स , चितवन बिटिंग हार्ट्स, चितवन गोल्डन लेडिज , भरतपुर सप्तरंगी लेडिज क्लबहरू सहभागी लायन्स भएका थिए ।

यस्तै स्वास्थ्य शिविरमा माडी नगरपालिका, उद्योग वाणिज्य संघ चितवन, टाइम फर्मास्युटिकल्स, भरतपुर महानगरपालिका , तरकारी तथा फलफुल व्यवसायी संघ, चितवन, अण्डा उत्पादक संघ, चितवन, औषधि व्यवसायी संघ, चितवन , भरतपुर अस्पताल , चितवन मेडिकल कलेज (CMC ), भरतपुर सेन्ट्रल अस्पताल, नारायणी सामुदायिक हस्पिटल भरतपुर , आशा अस्पताल, भरतपुर, क्यान्सर अस्पताल भरतपुर, भरतपुर आँखा अस्पताल, देव अस्पताल, भरतपुर, नेपाल अर्वुद रोग निवारण संस्था, चितवन, पियुष शुद्ध पिउने पानी , गंगाजल शुद्ध पिउने पानी औषधिका अधिकृत विक्रेताहरू लगायत संघ संस्थाहरूको सुव्यवस्थापनमा उल्लेखनिय सहयोग गरेका थिए ।

यस वृहत् स्वास्थ्य शिविरलाई भव्यरूपमा सफल पार्न सहयोग पुर्याउनु हुने सम्पूर्ण लायन्स क्लबहरू, विभिन्न विशेषज्ञ डाक्टरहरूको जिम्मा लिएका क्लबहरू, शिविरमा संलग्न सम्पूर्ण विशेषज्ञ, डाक्टर, सहयोगी स्वास्थ्यकर्मिहरू, अस्पतालहरू, संघ संस्थाहरू, माडी नगरपालिका परिवार, डिस्ट्रिक्ट गभर्नर लायन सिद्धार्थलाल चुके तथा डिजी टिमका साथै संलग्न विभिन्न प्रोटोकलका लायन पदाधिकारीहरू एवम् शिविरको परिकल्पना भए देखि सम्पन्न भएसम्म प्रत्यक्ष अप्रत्यक्षरूपमा सहयोग गर्ने सहयोगी हातहरू प्रति डिस्ट्रिक्ट तथा क्लस्टरको तर्फबाट हार्दिक धन्यवादका साथ आभार प्रकट गरिएको थियो ।


























