चितवन : भारतीय कम्पनी शिवकृति एग्रो प्रा.लि.ले नेपालमा बासमतीको आफ्नो मुख्य ब्रान्ड ‘हेलो बासमती’ राइस (चामल) लन्च गरेको छ ।
नारायणी रिसोर्ट गैँडाकोटमा आयोजित कार्यक्रममा कम्पनीका निर्देशक रन्जित सिंह राघवले नेपाल भ्रमणमा आउँदा नेपालमा अत्यधिक बिक्री हुने ब्रान्डहरूले मिश्रित बासमती चामल (बासमती र गैर बासमती चामलको मिश्रण) बिक्रि गरिरहेको पाईएकोले बासमतीको स्वाद चखाउन नेपालमा लन्च गरेको बताउनुभयो ।
उहाँले नेपालमा बिक्रि हुने गरेका बासमतीमा ५२ प्रतिशत मात्रै हुने गरेको र अन्य चामल मिसावट हुने गरेको दावी गर्नुभयो । विश्वमा ४० हजार बढी प्रकारका चामल पाईने उहाँको भनाई थियो ।
यो चामाल भारतको हरियाणा, पञ्जाब र गुजरातमा उत्पादन हुने गरेको राघवले बताउनुभयो । चितवनको भरतपुर गोन्द्राङमा रहेको मास्टर सेफ फूड प्रा.लि. शिवकृति एग्रो प्रा.लि.को नेपालका लागि आधिकारिक बिक्रेता रहेको छ ।
चितवनका ५ होटल व्यवसायीहरु पूर्ण कंडेल, हरि न्यौपाने, श्याम कंडेल, मुकुन्द हरि गौतम र प्रभाकर पण्डित मिलेर यस कम्पनीको शुरुवात गरेको हुन् । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने हुटहुटीका कारण प्रत्येकको जीवनसँग जोडिएका वस्तुहरुको खरिद र बिक्रीको पाटोमा जुटेको मास्टर सेफ फूड प्रा.लि.का अध्यक्ष प्रभाकर पण्डितले बताउनुभयो ।
अहिले मास्टर सेफसँग किचन (भान्छा) मा आवश्यक सम्पुर्ण सामाग्रीहरु उपलब्ध रहेको उहाँले बताउनुभयो । नेपालका सबै ठाउमा हेलो बासमती चामल उपलब्ध गराउने योजना शिवकृति एग्रो प्रा.लि. बनाएको छ ।
अहिले विशेष गरेर रेस्टुरेन्टका लागि आवस्यक कर्न फ्लर, बेकिङ पाउडर, अजिना मोटा लगायतको किचन सम्बन्धि सामाग्री उपलब्ध गराउँदै आएको जनाईएको छ ।
कार्यक्रममा व्यवसायी दिनेश घिमिरे र रिजाल फुड्स प्रालिका प्रोपाईटर पुरुषोत्तम रिजालले शुभकामना व्यक्त गर्नुभएको थियो ।





















