चितवन – चितवन सहायता कोष क्याट बेल्जियमले ५५ जना थालेसेमियाका बिरामीको बिमा गरेको रकम एक कार्यक्रम गरि हस्तान्तरण गरेको छ । भरतपुर अस्प्तालमा उपचारार्थ थालेसेमियाका बिरामीहरुको बिमा क्याटले गरेको हो ।
बिमा बापतको एक लाख ९२ हजार ५०० क्याटका पूर्वअध्यक्ष दिनेश भण्डारीले अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल र मेडिकल सुपरिटेन्डेन्ट कृष्णप्रसाद पौडेललाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष पौडेलले चितवन र नवलपरासी गरी ९२ जना थालेसेमियाका बिरामीको दर्ता अस्पतालमा रहेको बताए । थालेसेमियाका बिरामीको संरक्षण राज्यले गर्नुपर्नेमा उनले जोड दिए । पौडेलले भने, ‘हरेक फूल आफ्नो समयसम्म फुल्न पाउनु पर्छ । तर, थालेसिमियाबाट पीडित बालबालिकाले युवा अवस्थामै ज्यान गुमाउनु परेको छ । राज्य यसमा जिम्मेवार हुन आवश्यक छ ।’ पौडेलले क्याट बेल्जियमको सहयोग प्रति आभार प्रकट गरे ।

अस्पतालका मेसु कृष्ण पौडेलले थालेसिमियाका बिरामी प्रति राज्यको ध्यान कम भएको बताए । घातक रोग बनेको थालेसिमियाको उपचार बिरामीले पाउन मुस्किल देखिँदा खिन्नताबोध हुने उनको भनाइ थियो । थालेसेमियाको उपचार गर्दै आएका भरतपुर अस्पतालका डा. नारायण थापाले यस रोगको विषयमा जनसमुदायलाई जागरुक बनाउनुपर्नेमा जोड दिए । क्याटका पूर्वअध्यक्ष भण्डारीले राज्यले पारिवारिक भूमिका नखेल्दासम्म थालेसेमियाका बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने गुनासो गरे ।
कार्यक्रममा चितवन सहायता समाजका अध्यक्ष राजेन्द्र पौडेलले क्याट वेल्जियमले चितवनका , शिक्षा , स्वास्थ्य , लगायत विभिन्न समुदाय लक्षित विभिन्न कार्यक्रम गर्ने गरेको वताए।
कार्यक्रममा क्याट बेल्जियम सचिव सागर अधिकारी, सल्लाहाकार तुलसी थपलीया , भरतपुर अस्पतालका सुचना अधिकारी गोपाल पौडेल ,भरतपुर अस्पतालका पिताम्वर पन्त, शोभा शाही महत्तो सक्रिय जेष्ठ नागरिक संघ भरतपुर १९ सचिव सुवेदार ऋषिराम भन्डारी, सोच परिवर्तन नेपालका अध्यक्ष शिवराज कन्डेल , सामाजिक सेवा ईकाईका प्रमुख रामहरी ढकाल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम नेपाल पत्रकार महासंघ का केन्द्रिय सचिव सृजना अर्यालले सन्चालन गर्नुभएको थियो ।





















