काठमाडौं। सत्ता साझेदार दलको संयोजकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चयन भएका छन्। बिहीबार बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले ओलीलाई संयोजक तोकेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताए।
सत्ता साझेदार दलहरुले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति गरेका छन्। जसमा साझेदार दलबाट एक/एक जना प्रतिनिधि रहनेछन्। कार्यदलले पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाइसक्नेछ।





















