काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनुगमन गरेका छन् । बुधबार विभाग पुगेका मन्त्री लामिछानेले कार्यलयका कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।
उनले सेवाग्राहीहरुलाई छिटो र छरितो सेवा दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले सेवाग्राहीहरुसँग राहदानी लिँदा भोग्नुपरेको समस्याको बारेमा जानकारी लिएका थिए ।
नयाँ सरकारको गठन लगतै बसेको पहिलो मन्त्रिपरिषद्ले पनि राहदानी विभागमा लाइन बस्नुपर्ने बाध्यता हटाउने निर्णय गरेको थियो । सेवाग्राही चिसोमा राति नै लाइनमा बस्न बाध्य छन् ।





















