काठमाडौं। गीतकार बिनोद कार्कीको शब्दमा रहेको लोकदोहोरी गीत ‘जोबन लीलाम भो’ छोटो समयमा चर्चित भएको छ। विनोद कार्कीकोे शब्दलाई माधव खड्काले गीतमा संगीत भरेका हुन्।
गायिका सुनिता बुढा क्षेत्रि र माधव खड्काको स्वरमा रहेको गीतलाई हेमन्त शिशिरले संगीत संयोजन गरेका छन्। उक्त गीतको म्यूजिक भिडियोमा मोडल विमल अधिकारी र अन्जली अधिकारीको अभिनय रहेको छ।
सिर्जन बरालको निर्देशनमा तयार पारिएको भिडियोमा मुकेश हुमागाईको छायांकन रहेको छ। जनता डिजिटल एण्ड फिल्सको ब्यानरमा तयार पारिएको म्यूजिक भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्।
























