चितवन । तारापुञ्ज बचत तथा ऋृण सहकारी संस्थाको अध्यक्षमा सुदिप रेग्मी र लेखा समितिको संयोजकमा निरज पन्त चयन भएका छन् । साकोसको १३औँ साधारणसभा तथा पाचौँ अधिवेशनबाट अध्यक्षमा दोस्रो कार्यकालका लागि रेग्मी निर्वाचित भएका हुन् ।
साकोसको उपाध्यक्षमा रेगन पन्त, सचिवमा श्रीराम देवकोटा, कोषाध्यक्षमा रमेश तिवारी, सह–सचिवमा लक्ष्मी अधिकारी निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा सुरेस न्यौपाने, माधव आचार्य, मोहन पोखरेल, रिना कोइराला, शोभा थापा, लक्ष्मी लामिछाने चयन भएका छन् ।

साकोसको लेखा समिति संयोजकमा निरज पन्त र सदस्यमा लक्ष्मण गौतम र दुर्गा रानाभाट चयन भए ।
नेफ्स्कुनका अध्यक्ष परितोस पौडेल प्रमुख अतिथि रहेको कार्यक्रममा साकोसका एक हजार ५५६ शेयर सदस्य सहभागी थिए । साकोसमा १ हजार ८९० शेयर सदस्य आबद्ध छन् ।





















