काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसदहरूलाई जथाभाबी नबोल्न निर्देशन दिएका छन् ।संसदीय दलको नेतामा लामिछाने चयन भएपछि सांसदहरूलाई जथाभाबी नबोल्न निर्देशन दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको बुढानिलकण्ठमा आवासीय बैठकमा लामिछानेले पार्टी र सरकारमा जाने विषयमा पार्टीको लाइन भन्दा बाहिर नबोल्न लामिछानेले निर्देशन दिएका हुन् ।
उनले भने ‘हामी संसदमा नयाँ पाटी हौं । सबै नयाँ सांसदपनि हौं । धेरै विषयहरू हाम्रा लागि नयाँ छन्’ लामिछानेको ब्रिफिङबारे बताउँदै एक सांसदले भने,‘तपाईहरु मिडिया लगायत सार्वजनिक ठाउँमा बोल्दा जिम्मेवार पूर्वक बोल्नुस् पदको गरिमा राखेर बोल्नुस् ।’
‘हाम्रो पार्टीका विषयमा धेरैलाई जिज्ञासा छ । धेरैलाई कौतुहलता छ । हामीले धेरै विषयमा व्यवस्थित गर्नुपर्ने छ’ लामिछानेले भने, ‘पार्टीले गरेको निर्णयभन्दा बाहिर मनमा लागेका नबोल्नुहोला । जति पार्टीले निर्णय भएको त्यति मात्रै बोल्नुपर्छ ।’ पार्टीमा विवाद आउने कुनैपनि विषय नउठाउन लामिछानेले निर्देशन दिएका छन् ।
लामिछाने नेतृत्वको पार्टीको आवासीय बैठकमा संसदीय प्रक्रिया, संसद्को भूमिका, कानुन, पार्टीले लिने लाइन र योजनाका विषयमा ब्रिफिङ गराइने भएको छ ।





















