काठमाडौं । रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवासँग उनकै निवास बालुवाटारमा भेटर आफूलाई प्रधानमन्त्री बन्न सघाउन आग्रह गरेका छन् ।
आज भएको ‘वान टु वान’ भेटमा पौडेलले आफूलाई सबैले स्वीकाने बताउँदै प्रधानमन्त्री बन्न सघाउन देउवासँग आग्रह गरेका हुन् ।
स्रोतका अनुसार नेताद्वयबीच ४५ मिनेट कुराकानी भएको थियो । कुराकानी यस गठबन्धनको निर्माण गर्न र टिकाउन पनि आफूले भूमिका खेलेको पनि उनले बताए ।
साथै, पौडेलले गिरिजाप्रसाद कोइरालाको पालामा उनीसँग देउवाले संघर्ष गर्दा आफूले साथ दिएको स्मरण गराएका थिए ।





















