नरोए है माया मेरी मुटु फुटाएर।
लगे पनि दैबले मलाई छुटाएर।।
वरपर आफन्तिको लाग्छ होला भेला।
चिरनिन्द्रामा नब्युझने म निदाएको बेला।।
दागबत्तीकै पर्खाइमा पार्थिव शरीर काखमा
हावासरी उडिजाला मेरो चोखोआत्मामा।।
बरबर आँसु नझारे है , पुछ्न आउने छैन
जति धर्की रोए पनि म फर्कने हैन।।
तिम्रा सिङगार मलाई दिई तिमी उजाड हुदा।
बाबु नानी कसो गर्लान तिमी कम्जोर हुदा।।
निर्जिवभै मेरो शरीर बगरको मुढाँ।
धर्ती छोडी स्वर्गलोकमा म पुगेको बेला।।
पत्थर झै त्यो मन बनाउनु हिमसागर झै होईन।
जुनि जुनी साथ दिने म नै यहाँ रैहिन।।
नरोए है प्यारी मेरि मुटु फुटाएर।
बाबु नानी हेर्नु छ नि साहास जुटाएर।।
विन्ती तिमी बाच्नु पर्छ साहास जुटाएर।।।
निरु शर्मा
भ.म.न.पा. ११ , चितवन
























