चितवन । चितवनको चित्रसारी स्थित मरहट्टाहरुको कुल मन्दिरमा मरहट्टा सेवा प्रतिष्ठान–चितवनको आयोजनामा भव्यताका साथ कुल पूजा सम्पन्न भयो ।
उक्त कुल पूजा समारोह वयोवृद्ध जेष्ठ नागरिक बुवा श्री तिर्थ राज मरहट्टाको अध्यक्षता एवं ९२ वर्षिया जेष्ठ नागरिक आमा गंगा देवी मरहट्टाको प्रमुख आतिथ्यमा र अतिथिहरुमा उमाकान्त मरहट्टा , मोधनाथ मरहट्टा , हेमराज मरहट्टा , सोमराज मरहट्टा र शिव राज मरहट्टा लगायत अन्य परासर गोत्रीय मरहट्टा जेष्ठ नागरिकको उपस्थिति थियो ।
चितवन र आसपासमा रहनु भएका सबै स–गोत्रीय बन्धु वान्धवहरुको उल्लेख्य उपस्थितीमा कुल मन्दिरलाई अझै परिस्कृत र अनुकरणीय बनाउनका लागी सहयोग गर्ने दाताहरुले सहयोग गर्ने वचनवद्धता प्रकट गर्नु भएको मरहट्टा सेवा प्रतिष्ठान चितवनका सचिव कृष्णराज मरहट्टाले जानकारी दिनुभयो ।

यस्तै कार्यक्रममा कुलदेवताको मन्दिर निर्माण समितिका संयोजक नबिन बाबु मरहट्टा , सदस्य राजेन्द्र मरहट्टा र सदस्य चन्द्रिका मरहट्टा लगायत सम्पूर्ण सहयोग गर्ने दाता महानुभावलाई उपस्थित सबैले धन्यबाद दिएका थिए ।
यस्तै गरि कार्यक्रममा मरहट्टा सेवा प्रतिष्ठान चितवनका उपाध्यक्ष पुष्पराज मरहट्टा र सचिव कृष्णराज मरहट्टाले मन्तव्य राख्नुभएको थियो ।

आज (विहीबार) भएको कुल पूजाको सम्पूर्ण खर्च मरहट्टा सेवा प्रतिष्ठान चितवनका सल्लाहकार हेमराज मरहट्टाले गर्नुभएको मरहट्टा सेवा प्रतिष्ठान चितवनका अध्यक्ष नबिन बाबु मरहट्टाले जानकारी दिनुभयो ।

विहीबार सम्पन्न भएको कार्यक्रमको अवसरमा चितवनका साथ साथै अन्य स्थानमा रहनु हुने परासर गोत्रीय मरहट्टाहरुलाई एकत्रीत गर्ने र हरेक सुख दुःखमा सहयोगी बन्न सक्ने गरि यसै महिनाबाट लागू हुने गरि मरहट्टा बन्धु कल्याण कोष– चितवनको स्थापना गरिएको घोषणा गर्दै इच्छुक वन्धुहरुबाट कोषको बचत तथा सदस्यता लिने कार्य समेत प्रारम्भ गरियो साथै सोही अवसरमा उक्त कुल पूजा समारोहमा सरिक हुनु भएकी कालिका ९ , शक्तिखोर निवासी जेष्ठ नागरिक वयोवृद्ध आमा गंगा देवी मरहट्टालाई सु–स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै दोसल्ला तथा सम्मान–पत्र प्रदान गर्दै सम्पूर्ण उपस्थित स–गोत्रीय बन्धु वान्धवहरुको सु–स्वास्थ्य तथा दीर्घ जीवनको कामना गर्दै प्रसाद ग्रहण गर्दै कार्यक्रमको समापन भयो ।


यस्तै पण्डितहरुका अनुसार कुलदेवता पूजा अथवा देवाली पूजा भनेको आफ्नो कुल देवतालाई खुसि बनाउनको लागि गरिने संस्कार हो । कतै कतै कुल देवतालाई कुलायन पनि भनिन्छ । जाति अनुसारको कुलको नाम फरक फरक हुने भयकाले कुलको पूजा गर्ने तरिका पनि फरक फरक हुन्छ । कुल देवता अथवा कुलायन भन्नाले कुल अथवा वंशमा पूजा गरिने देवता हो । प्रत्येक वंशको आफ्नै कुल देवता हुन्छ । प्राय हिन्दू, बौद्ध का साथै अन्य धर्महरूका अनुयायीहरूले पनि कुलायनको पूजा गरेको पाइन्छ । कुल देवताको पूजा गर्नाले अगती परेका पृतीहरूले मोक्ष पाउने र कुलको उद्धार हुने विश्वस गरिन्छ । सबै वंशहरूको आफ्नो आफ्नो कुलायन अथवा कुल देवता हुन्छन् । कतिपयले कुलायनको पूजा गर्दा जिवबली दिएर पूजा गरेको देखिन्छ ।जिव बलि दिएर पूजा गर्दा पशुलाई समेत मुक्ती मिल्छ भन्ने बिश्वास रहेको छ ।






















