दोलखा । दोलखाको प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गंगा बहादुर कार्की विजयी भएका छन्।
एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीलाई झोनो मतान्तरले पराजित गर्दै कार्कीले जित निकालेका हुन्।
संघमा एकमात्र निर्वाचन क्षेत्र रहेको दोलखामा कार्कीले सिवाकोटीलाई ३१७ मतान्तरले पराजित गरेका हुन्।
कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी सिवाकोटीले ३६ हजार ४ सय ८२ मत प्राप्त गरे।





















