चितवन – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनले बाजुराका चेतन ए.डीको हत्यामा संगल्नलाई कारबाही गर्न माग गरेको छ ।
गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका दिन अनेरास्ववियुका केन्द्रिय सचिवालय चेतन ए.डीको विभत्स हत्या गरिएको घटनाप्रती कारबाहिको माग गरेको हो ।
अनेरास्ववियु चितवनले हत्यामा संलग्नहरूलाई छिटो भन्दा छिटो कारबाही गर्नु पर्ने माग गरेको छ त्यस्तै उनिहरुले मृतकका परिवारको तर्फबाट सप्रमाण किटानी जाहेरी दिएकाहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्नु पर्ने,परिवारलाई क्षतिपुर्ती दिनुपर्ने, चेतका छोराको पढाई खर्च सरकारले बेहोर्नु पर्ने,चेतनलाई सहिद घोषणा गर्नु पर्ने, चेतनको स्मिर्तिमा पार्क निर्मार्ण गर्नु पर्ने माग गरेको छ ।
अनेरास्ववियु चितवन भोली ४ बजे प्रदर्शन गर्ने, १५ गते क्याम्पसमा हस्ताक्षर संकलन कार्यक्रम आयोजना गरेको छ । सरकारले सोही अनुसार माग सम्बोधन नगरे थप सघर्शका कार्यक्रम गर्ने बताएको छ ।





















