काठमाडौं / भाटभटेनी सुपर मार्केटलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ।
विभागले म्याद सकिएको पानी बिक्री गरेकोले कारबाही गरी ३ लाख जरिवाना पनि तिराएको छ। हनुमानथानस्थित सुपरमार्केटबाट बेली ब्रान्डको पानी बिक्री गरिरहेको अवस्थामा भाटभटेनी सुपर मार्केटलाई कारबाही गरिएको हो।
अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो।
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) (क) बमोजिम ३८ (ङ) को कसुरमा ३९ (१) (ख) बमोजिम कारबाही गरिएको विभागले जनाएको छ। विभूति वाटर वेभ रेज प्रा. लि धापाखेलले बिल बीजक जारी नगरी पानी बिक्री गरेकोले २ लाख जरिवाना गराएको छ।





















