चितनव / पत्रकार बसन्त पराजुली द्धारा लिखित “कुमाता” र रिजालद्धारा लिखित “एकान्तबास” पुस्तक शुक्रवार नेपाल पत्रकार महासंघ चितवनलाइ हस्तान्तरण गरिएको छ ।
नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष एबं राष्ट्रिय समाचार समितिका प्रमुख नारायण अधिकारीले पत्रकार बसन्त पराजुली र विनोदबाबु रिजालद्धारा लिखित पुस्तक पत्रकार महासंघलाई हस्तान्तरण गर्नुभएको हो ।
अधिकारीले पराजुलीद्धारा लिखित “कुमाता” र रिजालद्धारा लिखित “एकान्तबास” पुस्तक दश/दश थान महासंघका अध्यक्ष राधेश्याम खतिवडालाई हस्तान्तरण गर्नु भएको हो । अधिकारीले पुस्तक लेखक पत्रकारहरुलाई उर्जा मिलोस भनेर आफ्नो कान्छा छोरा साकार अधिकारीको जन्मोत्सबको अबसर पारि ती किताबहरु हस्तान्तरण गर्नु भएको हो ।
अधिकारीले छोराको जन्मदिनको अबसरमा संकल्प गरि महासंघलाई पुस्तक हस्तान्तरण गरेको वताउनु भएको छ । पुस्तक नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कृष्ण गिरि सहितको उपस्थितिमा पुस्तक हस्तान्तरण गरिएको हो ।
पुस्तक ग्रहण गर्दै नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले यी पुस्तकहरु पत्रकार महासंघको पुस्तकालयमा राखिने जानकारी दिनुभयो । उहाँले पत्रकारहरुको लेखन क्षमताको कदर महासंघले गर्ने वताउनुभयो ।
पत्रकार पराजुली द्धारा लिखित “कुमाता” भूडिपुराण प्रकासन प्रा. लि. र रिजालद्धारा लिखित “एकान्तबास” युरेका पव्लिकेसन प्रा.लि.ले प्रकाशन गरेको हो । “कुमाता” कथा संग्रह हो भने “एकान्तबास” लकडाउन डायरी हो ।
सो हस्तान्तरणको अबसरमा लेखकहरु पराजुली र रिजाल संगै पुस्तकको बिक्रि गर्दै आउनु भएका सम्पूर्ण किताव लायन्स चोकका संञ्चालक लेखराम सापकोटाको उपस्थिति रहेको थियो ।





















