काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले खाता खोलेको छ । मुस्ताङबाट कांग्रेसले यस निर्वाचनको खाता खोलेको हो ।
कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् । गौचनले ३ हजार ९९२ मत प्राप्त प्राप्त गर्दा एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे ।
२०७४ को निर्वाचनमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गरेका थिए । योगेश रोमी गौचनका छोरा हुन् ।





















