बाजुरा। बाजुरामा अनेरास्ववियुका नेता चेतन ऐडीको हत्या भएको छ । त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसका ५० भन्दा बढी कार्यकर्ताले घर फुटाएर सुतिरहेका चेतनको हत्या गरेको नेकपा एमाले बाजुराका सचिव भरत थापाले जानकारी दिए ।
मतदान सम्पन्न भएपछि घरमा गएर सुतिरहेका चेतनमाथि कांग्रेस कार्यकर्ताले बिना कारण आक्रमण गरेर हत्या गरेको थापाले बताए । चेतनका बुबा र सोही ठाउँका शिक्षक मिनबहादुर ऐडी अहिले सम्पकर्क बिहीन रहेको उनले जानकारी दिए ।
घटनाको विषयलाई लिएर अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले देख प्रकट गर्दै हत्यारालाई चाँडो भन्दा चाँडो पक्राउ गरी कारबाही गर्न माग गरेकी छिन ।
अध्यक्ष सुनिता बरालले सामाजिक सञ्जाल मार्फत यस्तो बताएकी छिन, –
कांग्रेसजन होस नगुमाउ, तिम्रो बर्बरताबाट ज्यान बचाउन सुतिरहेको विस्ताराबाट भागेका आमा बुवाले यस्तो पिडा कसरि बिर्सने ? ? ? मान्छे काटेर चुनाव जितेर के गर्छौ ? ? ? घरमा सुतेको मान्छे घर फुटाएर सडकमा निकालि कुटि कुटि मार्दा सम्म प्रहरि कहाँ छ ? किन मौन छ ?
बाजुरामा सत्ताको चरम दुरूपयोग गर्दै राती घरमा सुतिरहेको समयमा कांग्रेस नेता बद्री पाण्डेयको निर्देशनमा गठबंधनका गुण्डाहरूले अनेरास्ववियुका नेता प्रिय भाई चेतन ऐडीको घर फुटाएर विभत्स हत्या गरेको दुखद घट्नाको घोर भत्सर्ना गर्दै हत्याराहरूलाई कडाभन्दा कडा कारवाही गर्न माग गर्दै मृतक चेतन प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु।





















