गोरखा। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका वडा नं. १ अन्नपूर्ण मावि निर्वाचन केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका छन्।
मतदानपछि उनले राम्रा उम्मेदवारहरूले जितुन्, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै छेडछाड नहोस्, भष्मासुर प्रवृत्तिको उदय नहोस्, सुशासन र समतामूलक समृद्धिको नयाँ युग सुरु होस् भनेका छन्।





















