काठमाडौं। नेपाली काँग्रेसले बारा जिल्ला उपसभापतिसहित तीन जना नेता कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ।
बारा क्षेत्र नं. ४ मा लोकतान्त्रिक बाम गठबन्धनका आधिकारिक उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ)को विरुद्धमा प्रचार प्रसार गरेको सूचना आएपछि काँग्रेसको अनुशासन समितिले जिल्ला उपसभापति अमिरिलाल राउत, जिल्ला सदस्य हरिप्रसाद थपलिया र क्षेत्रीय प्रतिनिधि सुशील ढोडारीलाई कारबाही गरेको हो।
केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले विज्ञप्तिमार्फत पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा (३४) बमोजिम राउत, थपलिया र ढोडारीलाई पार्टी सदस्यता समेत नरहने गरी निलम्बन गरेको हो।





















