चितवन / पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई पिटेका राजकुमार को बुधबार मृत्यु भएको हो ।
राजकुमार सहित ७ जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए ।सेनाको कुटपिटबाट मृत्यु भएको भन्दै उनका बुबा विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गरेका छन ।
सातै जना सोही दिन छुटे पनि त्यही दिन देखि बिरामी भएका राजकुमारको बुधबार मृत्यु भएको हो ।
फाईल फोटो





















