काठमाडौं । निर्वाचन आयोगले प्यूठान जिल्लाबाट नेकपा (एमाले)को तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्य थापालाई स्पष्टीकरण सोधेको छ।
केही दिन अघि भेलु बाजे भनिने मीनबहादुर बुढालाई २ हजार रुपैयाँ दिएर आफ्नो निर्वाचन प्रचारप्रसार गराएको भन्ने व्यहोराको समाचार प्रकाशन भएकोप्रति ध्यानाकर्षण भई स्पष्टीकरण सोधिएको आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।





















