मनोज कुमार भुजेल
चितवन – नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य चितवन निर्वाचन क्षेत्र नम्बर २ (क ) का प्रदेश सभा सदस्यका उमेदवार घनश्याम दाहाल (अविनाश) ले चुनावी घरदैलोमा देखाएको माया प्रति मतादाताहरुलाई आभार व्यक्त गर्नुभएको छ । उहाँले उत्साहित जनताकै कारण आँफुले चुनाव जित्नेमा विश्वस्त बनेको बताउनुभएको छ ।
“मतदान विकास, समृद्धिका लागि, सन्तती र भविष्यका लागि हुनेछ भन्ने सोचेको छु”, उहाँले भन्नुभएको छ, “हामी दृढ छौँ, जनताको पक्षमा छौँ, उहाँले मतदान केन्द्रमा डर, धाक, धम्कि बेगर मतदान गर्नुहुने आशा लिएको उल्लेख गर्नुभएको छ ।
भरतपुर , ईच्छाकामना , कालिका लाई समृद्ध बनाउने भिजन कार्यान्वयनका लागि जनताले साथ दिने उहाँको विश्वास छ । घरदैलोका क्रममा स्थानीयले जित सुनिश्चत भएको भन्दै बधाई समेत दिएका थिए ।
भूमिहिनलाई लालपुर्जा, बेरोजगार युवालाई रोजगारी, पर्यटकीय सडक निर्माण गर्दै पर्यटकीय गतिविधि बढाउने, कृषियोग्य जमिन भएका सबै क्षेत्रमा सिंचाई सुविधा पुर्याउने लगायतका योजनाहरु कार्यान्वयन गर्ने उहाँको प्रतिवद्धतापत्रमा उल्लेख छ ।
गठबन्धनका साझा उम्मेदवार दाहालले प्राचिन मौलिक घर तथा मठमन्दिरको संरक्षण लगायतका कामको नेतृत्व आफूले गर्ने बताउनुभयो ।
“अब देशले राजनीतिमा नयाँ प्रयोग देशले पटकपटक धान्न सक्दैन”, दाहालले भने , “जुन परिवर्तन ल्यायौँ यसलाई नै दिगो बनाउँदै मुलुकको विकास गर्नुपर्छ ।”
दाहालले रोजगारीको अभावमा विदेश जाने श्रमिक बढ्दा गाउँ रित्तो हुँदै गएको भन्दै अब गाउँमै रोजगारी सिर्जना गर्ने दाबी गरेका छन् ।





















