चितवन । नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य चितवन निर्वाचन क्षेत्र नम्बर २ (क ) का प्रदेश सभा सदस्यका उमेदवार घनश्याम दाहाल (अविनाश) ले जनताको मूलभूत समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कालिका नगरपालिका वडा नम्बर ९ कुवापानि , ईच्छाकामना वडा नम्बर १ चौकी डाँडाँ मा आयोजित लोकतान्त्रिक–वाम गठबन्धनको चुनावीको भेटघाट कार्यक्रममा उनले जनताको समस्या व्यापक रहेको र त्यसलाई आफूले समाधान गर्ने बताए।
कालिका र ईच्छाकामनाको विभिन्न क्षेत्रमा पुगे, समस्या हेर्दा अत्यन्त दुःख लाग्छ,’ दाहालको भने, ‘यहाँका समस्या हेर्दा केही समाधान भएको लागेन, शिक्षा, स्वास्थ्य, रोजगार, किसान सबैमा समस्या छ, त्यो समस्या समाधान गर्न पनि मेरो उम्मेदवारी रहेको छ।’
त्यस्तै भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्र बाट बागमति प्रदेश सभाका समानुपातिक उमेदवार ईश्वर सापकोटा (सुमन )लगायतका नेताहरु सहभागी थिए ।





















