सावित्री घिमिरे
चितवन । चितवन क्षेत्र नम्वर २ (क) बाट प्रदेशसभा सदस्यका गठबन्धनका साझा उम्मेदवार घनश्याम दाहाल ( अविनाश) ले गौरि गाउँको बाटो चक्ल्याउन पहल लिने प्रतिवद्धता गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्रका नेता समेत रहनुभएका दाहल ले चुनावी भेटघाट कार्यक्रमा कालिका नगरपालिका ८ मा पर्ने गौरि गाउँको सडक चाक्लो र सुविधान सम्पन्न नभई यो क्षेत्रको पर्यटन र जनजीवनमा उल्लेख्य परिवर्तन नआउने जनाउनुभयो ।
यो सडकखण्ड साँघुरो हुँदा दोहोरो सवारी साधन आवागमनमा बाधा पुग्दै आएको छ । सोहि कारण सो सडकखण्डमा बारम्बार समस्या हुने गरेको छ । यस क्षेत्रबाट आवतजावत गर्ने स्थानिय तथा पर्यटकहरुले सास्ती भोग्ने गरेका छन् ।
उसो त साँघुरो सडकका कारण विपरित दिशाबाट आएको गाडीलाई बाटो छाड्दा दुर्घटना हुने सभ्वावन छ दाहालले भने ।
स्थानियको समस्यालाई मसिनो गरेर अवलोकन गरेका दाहालले सो समस्या समाधानका लागि सडक चक्ल्याउने योजना ल्याउनुभयो । प्रचण्डका नजिकका दाहालको पहुँच माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डसम्मै भएकाले पनि सो सडकखण्ड चक्ल्याउने महत्वकांक्षी योजना पूरा गर्न सकिने दाहालको दावी छ ।
उम्मेदवार दाहालले सडकलाई व्यवस्थित गर्ने, वन, वातावरण कृषि र पशुपालन विकासमा जोड दिने, सामुदायिक वन विकाससम्बन्धी कार्यक्रम चलाउने एजेन्डा बोकेर चुनावी घरदैलो र कोणसभा गरिरहनुभएको छ ।
दाहालले भौतिक पूर्वाधार निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गर्दै संरक्षण र विकासलाई सन्तुलित ढंगले मिलाएर लैजाने प्रतिबद्धता जनाउनुभयो ।
त्यस्तै भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्र बाट बागमति प्रदेश सभाका समानुपातिक उमेदवार ईश्वर सापकोटा (सुमन) लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।





















